जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटनाग्रस्त : १४ घाइते

जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटनाग्रस्त : १४ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 4K
    Shares

पोखरा, २७ असार २०८१/

जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस बारमा दुर्घटनाग्रस्त हुँदा १४ जना यात्री घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्ग अन्तरगत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा ना ४ ख ७१९४ नम्बरको यात्रुबस दुर्घतानाग्रसत हुँदा १४ जना यात्री घाइते भएका हुन्।

बस ओभर टेक गर्ने क्रममा सडकको साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएकोमा उपचार भईरहेको छ।

घाइतेहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरुले गरेको बताइएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक फरार रहेको र उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार