पोखरा, २७ असार २०८१/
वर्षाका कारण आएको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ भने पर्वतमा एक रेस्टुरेन्ट बागाउनुको साथै मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँपुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो । पहिरो लाकमार्ग हुँदै कालीगण्डकी नदीसम्म पुगेको छ ।
उक्त पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट आएको ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ । अहिले पनि रेष्टुरेन्टमा लेदो आउनेक्रम जारी रहेको छ । होम पुनले सञ्चालन गरेको रेष्टुरेन्टले कालीगण्डकी नदीमा ¥याफ्टिङसमेत गराउँदै आएको छ । रेष्टुरेन्टमा भएका कोठा, टवाइलेट, काउन्टर, किचनसमेत पुरिएको लुक पुनले जानकारी दिए । अहिले मालढुङ्गा प्रहरी चौकीबाट प्रहरी टोली पुगेको पनि उनले बताए ।
उक्त पहिरो खुलाएर छिटोभन्दा छिटा सवारी सञ्चालन गर्ने तयारी भएको प्रहरीले जनाएको छ । त्यसैगरी