नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा

नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 4.9K
    Shares

नेदरल्यान्ड्स र इङ्गल्यान्ड बीचको खेल

पोखरा, २७ असार २०८१/

इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो।

नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा शुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार