डेंगु संक्रमणबाट म्याग्दीका एक वृद्धको पोखरामा उपचारका क्रममा मृत्यु

डेंगु संक्रमणबाट म्याग्दीका एक वृद्धको पोखरामा उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 3.2K
    Shares

पोखरा, २७ असार २०८१/

म्याग्दीका एक वृद्धको डेंगु संक्रमणबाट पोखरामा मृत्यु भएको छ । डेंगु संक्रमण भएका बेनी नगरपालिका-४ सिंगाका ६४ बर्षिय वृद्धको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।

एक्कासि ज्वरो आएपछि गत असार १६ गते बेनी अस्पतालमा भर्ना भएका ती बृद्धको अवस्था जटिल हुँदै गएपछि असार १७ गते पोखरा रिफर गरिएको थियो । पोखरामा उपचाराकी क्रमामा उनको मृत्यु भएको बेनी अस्पतालले जानकारी दिएको छ। यसबर्ष डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना ।

बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डन डा.अञ्जु थापा डेंगुबाट गर्भवती, बालबालिका, बृद्धबृद्धामा संक्रमण भएमा जटिल समस्या देखिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने बताउछिन।

लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको वासस्थान हटाउने अभियान सञ्चालन हुन नसक्दा डेंगु संक्रमणको जोखिम बढेको छ । कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थाका चेकजाँच गर्नुपर्ने डा. थापाको भनाई छ ।

एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने जोखिम समेत हुन्छ ।म्याग्दी गण्डकी प्रदेशमा डेंगुको उच्च जोखिममा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार