पोखराको बिन्दबासिनी सहकारी ठगी प्रकरण : पूर्व संचालक सदस्य अधिकारी पक्राउ

पोखराको बिन्दबासिनी सहकारी ठगी प्रकरण : पूर्व संचालक सदस्य अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ असार २०८१
  • 5.6K
    Shares

बिन्दबासिनी सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व संचालक सदस्य अधिकारी

पोखरा, २६ असार २०८१/

पोखराको न्युरोडस्थित बिन्दबासिनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले फेरी थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य पोखरा महानगरपालिका वडा नं. १४ औधोगिक क्षेत्र बस्ने वर्ष ४० का हरिप्रसाद अधिकारीलाई आज पक्राउ गरेको हो।

बचतकर्ताको करिब आठ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका पूर्व लेखा समिति सदस्य अधिकारीबिरुद्ध प्रहरीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोप लगाएको छ।

सोही आरोपमा प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरिएसकेको छ भने अझै १४ जना फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार