पोखरा, २६ असार २०८१/
पोखराका दुई जना युवा स्याङ्जामा पक्राउ परेका छन्। सुनौलीबाट अबैध लागू औषध पोखरातिर ल्याउदै गर्दा पोखराका दुई जना युवा स्याङ्जामा पक्राउ परेका हुन्।
अबैध लागू औषध पोखरातिर ल्याउदै गर्दा पोखरा महानगरपालिका वडा नं. १६ भलामका ३४ वर्षीय कमल भण्डारी र पोखरा-२० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपालीलाई मंगलबार स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।
उनीहरुको साथबाट लागूऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाइजापाम बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
डा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा उनीहरु उक्त परिमाणमा अबैध लागू औषधसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।