सुख्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा

सुख्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ असार २०८१
  • 5.1K
    Shares

अवरुद्ध पृथ्वी राजमार्गको डुम्रे–आँबुखैरेनी खण्ड

पोखरा, २६ असार २०८१/

सुख्खा पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको तनहुँस्थित डुम्रे–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सुख्खा पहिरो खस्दा मङ्गलबार साँझ ६ः४० बजेदेखि बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा अवरुद्ध भएको पृथ्वी राजमार्ग मंगलबार साँझ ७ः२५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकमाथिबाट खसेको पहिराले पूरै सडक ढाक्दा सडक अवरुद्ध भएको थियो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कम्पनीको डोजरको सहायताले पहिरा पन्छाएर सडक सुचारु गराइएको छ । दुईतर्फी सडक सुचारु गराउन पहिरा पन्छाउने काम भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार