रुपन्देहीमा एकाविहानै बस दुर्घटना : आठ जना घाइते

रुपन्देहीमा एकाविहानै बस दुर्घटना : आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ असार २०८१
  • 3.8K
    Shares

रुपन्देहीमा भएको बस दुर्घटना

पोखरा, २५ असार २०८१/

रुपन्देहीमा आज एकाबिहानै बस दुर्घटनाग्रस्त हुँदा आठ जना यात्री घाइते भएका छन्। बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस रुपन्देहीको तिलोत्तमा २ शंकरनगरमा आज विहानै बस दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनामा घाइते भएका आठ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

उक्त बस आफै अनियन्त्रीत भई सडकमा पल्टेको छ । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

बसमा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार