रुपन्देहीमा भारतीय नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो : मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

रुपन्देहीमा भारतीय नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो : मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ असार २०८१
  • 3.3K
    Shares

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटना

पोखरा, २४ असार २०८१/

रुपन्देहीस्थित नेपाल-भारत सिमा बेलहिया नाका नजिक भारतीय नम्बर प्लेटको ट्यांकरले नेपाली नम्बर भएको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

पिवी १० जेडी ९३१५ नं. प्लेटको भारतीय ट्यांकरले लु १७ प ६७२३ को मोटरसाइकललाई सिद्धार्थनगर १ बेलहिया बाइपासमा आज ठक्कर दिंदा मोटरसाइकल चालक सियारी गाउँपालिका वडा नं. १ मा बस्ने प्रेम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार