पोखरा, २४ असार २०८१/
पोखराबाट अबैध लागू औषधसहित दुई जना युवा पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करीब पौने आठ बजे पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित मालेपाटनबाट अबैध लागू औषध सहित दुइ जना युवालाई पक्राउ गरेको हो।
उक्त प्रहरी टोलीले पोखरा १७ छोरेपाटन बस्ने वर्ष २८ को तेन्जिङ गुरुङ र पोखरा १ सिमपानी बस्ने वर्ष २६ को सुशान्त परियारलाई पक्राउ गरिएको जिल्ला प्राह्री कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, तेन्जिङ गुरुङको साथबाट NITRAVET -10 लेखेको एकसय ४० चक्की र सुशान्त परियारको साथ बाट NITRAVET -10 लेखेको ४८ चक्की र TAPANTADOL लेखेको ३० चक्की पनि बरामद भएको छ।
अभियुक्तहरुबिरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १९ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।