पोखरामा आफैं चढेको बसले ठक्कर दिंदा ७२ वर्षीया बृद्धाको मृत्यु

पोखरामा आफैं चढेको बसले ठक्कर दिंदा ७२ वर्षीया बृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ असार २०८१
  • 14.6K
    Shares

पोखरा, २२ असार २०८१/
पोखरामा आज दिउँसो आफैं चढेको नगर बसले ठक्कर दिंदा एक जना बृद्धाको मृत्यु भएको छ। पोखराको बिन्द्याबासिनी मन्दिरचोकबाट सराङकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार पोखरा १८ ग्यारजातीका ७२ वर्षीया ललिता थापालाई सोही बसले ठक्कर दिंदा मृत्यु भएको हो।

प्रहरीका अनुसार, सोही बसमा यात्रा गरेकी थापा बसबाट झरेपछि हिड्न लाग्दा सोही बसको पछाडिको चक्काले ठक्कर दिएको थियो। बसले ठक्कर दिए पछि घाइते भएकी बृद्धा थापालाई तत्काल उद्धार गरी
मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार