पोखरा, २२ असार २०८१/
अबिरल बर्षाका कारण पृथ्वीराजमार्ग अन्र्तगत तनहुँ खण्डको विभिन्न स्थानमा पहिरा र गाडी फसेर सडक अवरुद्व भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरी,छबिसे र म्याग्दे–६ को मौरी ओढारमा सडक अबरोध भएको हो ।
शुक्रबार रातीदेखि अबिरल बर्षा परिरहेकाले राजमार्ग हुदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारण महानुभावले सतर्कता अपनाउन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।
मौरी ओढारमा माथिबाट खसेको पहिरा खस्दा अवरोध भएपछि पहिरा पन्छाएर एकतर्फी सवारीसाधान संचालनमा ल्याइसकिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
राजमार्ग बिस्तार गर्ने क्रममा उक्त स्थानमा लामो र ठाडो भीर भएकाले बर्षासंगै पहिरा खसिरहने जोखिम पनि उत्तिकै रहेको छ प्रहरीले जनाएको छ ।
उहाँका अनुसार म्याग्दे–४ मनहरीमा शनिबार बिहान ६ बजेदेखि साना र ठूला गरी तीनवटा गाडी हिलोमा फसेर राजमार्ग सडक अवरुद्व भएकाले निकाल्ने प्रयास भैरहेको छ ।