पोखरा, १९ असार २०८१/
सडक संजालले जोडिन बाँकी रहेको हिमाली जिल्ला डोल्पा जाने बाटोमा एउटा बस हिलोमा फंसेको छ।
नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको ना.५ ख १७५८ नम्बर बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित खोलामा आएको बाढीमा फंसेको हो।
नेपाली सेनाले निर्माण गर्दै गरेको उक्त सडकका बिभिन्न स्थानहरुमा अविरल वर्षाका कारण हिलो जम्दा ठाउँ-ठाउँमा सवारी साधनहरु फंसेर हैरान हुने गरेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन्।