सामाजिक सञ्जालबाट बिदा भइन्, नायिका एवं चर्चित होस्ट रीमा विश्वकर्मा

सामाजिक सञ्जालबाट बिदा भइन्, नायिका एवं चर्चित होस्ट रीमा विश्वकर्मा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ असार २०८१
  • 1231.2K
    Shares

पोखरा, १७ असार २०८१/

नायिका एवं चर्चित होस्ट (उद्घोषक) रीमा विश्वकर्माले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिएकी छन्।

दुई ठुला रियालिटी शो’को समापनसँगै रीमाले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिएको बताएकी छन्।

‘केही महिनाको निरन्तरको भागदौडले धेरै सिकाएको छ अनि थोरै थकाएको पनि’, उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयका लागि सामाजिक सञ्जालबाट ब्रेक लिँदैछु। चाडै भेटौँला, आफ्नो राम्रो ख्याल राख्नुहोला है।’

रीमाले एकैचोटी नेपाल आइडल र कमेडी च्याम्पियनको होस्ट गरेकी थिइन्।

प्रतिक्रिया