बागलुङमा गएराति एक दम्पत्ति पहिरोमा पुरिए

बागलुङमा गएराति एक दम्पत्ति पहिरोमा पुरिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ असार २०८१
  • 35.5K
    Shares

पोखरा, १५ असार २०८१/

बागलुङमा गएराति एक दम्पत्ति पहिरोमा पुरिएका छन्। बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा गएराती पहिरो जाँदा घरसहित एक दम्पत्ति पहिरोमा पुरिएका हुन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार