जोगीको भेषमा रहेका दुई जना भारतीयद्वारा लुटपाट

जोगीको भेषमा रहेका दुई जना भारतीयद्वारा लुटपाट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ असार २०८१
  • 2.5K
    Shares

पोखरा, १५ असार २०८१/

काठमाण्डौबाट जोगीको भेषमा रहेका दुई जना भारतीयलाई प्रहरीले लुटपाट गरेको आरोपमा पक्राउ गरेको छ।

काठमाण्डौको नयाँबस्तीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका भारतको कर्नालका २६ वर्षीय देबु दया र ४० वर्षीया जेलिनालाई प्रहरीले लुटपाट गरेको आरोपमा गेरुबस्त्रसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गेरुबस्त्रमा भिक्षा माग्न भन्दै आएका उनीहरुले बिहीबार बिहानै ९ बजे काठमाडौंको सेतोपुलस्थित उर्मिला श्रेष्ठको घरबाट कानको मुन्द्री लुटेर भागेको बताइएको छ।

उर्मिला श्रेष्ठको घरमा भिक्षा माग्न आएका उनीहरुलाई श्रेष्ठले १५ रुपैयाँ भिक्षा दिए पछि फर्किइन् । जोगी आएको देखेर उर्मिलाले १५ रुपैयाँसहित गेटमा पुगिन् । उनले भिक्षा दिइन् र फर्किइन् ।

महिला भेषमा रहेकी जेलिनाले उर्मिलालाई फेरि तल ओर्लिन आग्रह गरिन् र आफूसँगै बोकेको एउटा बुटी उर्मिलाको हातमा थमाईंदिइन् । त्यसको पूजा गर्दा राम्रो हुने र कानको मुद्रीको मन्त्र गरी लगाउँदा अझ राम्रो हुने विश्वास दिलाइन पनि ।

मुन्द्री हात पारेपछि उनीहरू दुवै गेरुबस्त्र फुकालेर भागे । उर्मिलाले तत्काल प्रहरीलाई खबर गरिन् र उनीहरुलाई प्रहरीले गेरुबस्त्र फुकालेको अवस्थामा पक्राउ पनि गरे र उर्मिलासंगबाट लुटिएको दुवै कानको मुन्द्रा पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए । जोगीको भेषमा उनीहरूले थप अन्य ठाउँमा समेत चोरी गरेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार