चितवनको मुग्लिननजिक माइक्रोबस ट्रकसंग ठोक्कियो : चालकसहित नौजना घाइते

चितवनको मुग्लिननजिक माइक्रोबस ट्रकसंग ठोक्कियो : चालकसहित नौजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ असार २०८१
  • 13.7K
    Shares

पोखरा, १२ असार २०८१/

चितवनको मुग्लिननजिक माइक्रोबस ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

काठमाडौंबाट कावासोती आउँदै गरेको प्रदेश ३- ०१ – ००९४९५ नम्बरको माइक्रोबस चितवनको मुग्लिननजिक अर्को ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार