पोखरा, ११ असार २०८१/
बझाङबाट काठमाडौंतर्फ आउदै गरेको एउटा रात्रि बस बाँकेको कुसुम भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। काठमाण्डौ आउंदै गरेको सुदूरपश्चिम यातायातको ३३८६ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो।
उक्त बस सडकबाट करिब २०/२५ मिटर तल खसेको प्राप्त समाचारमा जनाइएको छ। दुर्घटनामा परी थुप्रै यात्रुहरु घाईते भएका छन। थप विवरण आउन बाकी ।