व्यापारिक सटर दिने प्रलोभन देखाएर १३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा कलङ्की ट्रेड सेन्टरका छ जना संचालक पक्राउ

व्यापारिक सटर दिने प्रलोभन देखाएर १३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा कलङ्की ट्रेड सेन्टरका छ जना संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ असार २०८१
  • 4K
    Shares

कलंकी ट्रेड सेन्टर

पोखरा, ११ असार २०८१/

व्यापारिक सटर दिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाण्डौको कलङ्की ट्रेड सेन्टरका छ जना सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार दुईसय ५६ रुपियाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ।

पक्राउ पर्नेहरूमा कास्कीको रूपा गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ बस्ने ५९ वर्षीय चिरञ्जिबी पौडेल, स्याङजाको वालिङ नगरपालिका-११ घर भई हाल काठमाडौं टोखा नगरपालिका-७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी, काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका-१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका-१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ र पाल्पा तानसेन नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्‍वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार