पोखरा, ११ असार २०८१/
हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र बेशीशहर-चामे सडक सुचारु भएको छ। उक्त सडकको खरखरे भीरमा आएको पहिरो हटाए पछि बेशीशहर-चामे सडक सुचारु भएको हो।
हाललाई उक्त् सडक सुचारु भए पनि जुनसुकै बेला अवरुद्ध हुनसक्ने अवस्था रहेको लमजुङबाट पत्रकार नबिनराज कुइँकेलले जानकारी दिएका छन्। खरखरे भीरबाट जुनसुकै बेला पहिरो खस्न सक्ने अवस्था रहेकाले उक्त सडक कुनै पनि बेला अवरुद्ध हुनसक्ने जोखिम रहेको पत्रकार कुइँकेलले बताए।
बेशीशहर-चामे सडकको खरखरे भीरमा आएको पहिरो