जङ्गली च्याउ खाँदा तनहुँमा बिरामी परेका थप एकको मृत्यु, अझै तीन जना बिरामी

जङ्गली च्याउ खाँदा तनहुँमा बिरामी परेका थप एकको मृत्यु, अझै तीन जना बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ असार २०८१
  • 4.4K
    Shares

जङ्गली च्याउ

पोखरा, ११ असार २०८१/

तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको आइतबार मृत्यु भएको छ। गत असार १ गते आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका पांच जना मध्ये थप एक जनाको आइतबार उपचारका क्रममा मृत्यु भएको हो।

च्याउ खाँदा बिरामी भएका आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो ।

त्यही च्याउ खाएर बिरामी परेका ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार