कैलालीमा सालको रुखको धोध्रो प्वालभित्र भेटियो, बेवारिसे भरुवा बन्दुक

कैलालीमा सालको रुखको धोध्रो प्वालभित्र भेटियो, बेवारिसे भरुवा बन्दुक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ असार २०८१
  • 9.3K
    Shares

बेवारिशे भरुवा बन्दुक

पोखरा, ११ असार २०८१/

कैलालीमा सालको रुखको धोध्रो प्वालभित्र बेवारिशे अवस्थामा एउटा एकनाले भरुवा बन्दुक भेटिएको छ।

सोमबार जिल्लाको गोदावरी नगरपालिका ४ स्थित सेती सामुदायिक वनमा सालको रुखको धोध्रो प्वालभित्र एक थान बेवारिशे अवस्थाको एक नले भरुवा बन्दुक भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटि गएको प्रहरी गस्ती टोलीले भरुवा बन्दुक भेटाएको थियो ।एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बन्दुक कसको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

यता सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित स्थानीय ५० वर्षीय रामलाल मोक्तानलाइ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित मोक्तानलाई घरबाटै नियन्त्रणमा लिएको हो। सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार