करेण्ट लगाएर खोलामा माछा मारिरहेका सात युवा लमजुङमा पक्राउ

करेण्ट लगाएर खोलामा माछा मारिरहेका सात युवा लमजुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० असार २०८१
  • 20.7K
    Shares

पोखरा, १० असार २०८१/

करेण्ट लगाएर खोलामा माछा मारिरहेका सात जनालाई प्रहरीले लमजुङबाट सात जना युवा पक्राउ परेका छन्।

लमजुङ जिल्ला सदरमुकाम बेंशीशाहर नजिकै मजुवा खोला र मध्यनेपाल नगरपालिकास्थित मादी नदीमा करेन्ट लगाएर माछा मारिरहेका सात जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार मध्यरात साढे १२ बजेतिरको समयमा मध्यनेपाल नगरपालिका ५ पराजुलीबेंसीमा पर्ने मादी नदीमा करेण्ट लगाएर अबैध रुपमा माछा मार्दै गरेको अवस्थामा मध्यनेपाल नगरपालिका ५ का २६ वर्षिय दिपक विश्वकर्मा, वर्ष २६ कै सुदिप वि.क., २३ वर्षिय संगम तामाङ, ६१ वर्षिय श्रीबहादुर थापा मगर र ३२ वर्षिय मिलन थापामगरलाई करेन्ट लगाउने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। उनीहरुलाई शुक्रबार जिल्ला प्शासन कार्यालयले जनही ३÷३ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै बेंशीशहर नगरपालिका ८ र ३ को सिमानामा पर्ने मझुवा खोलामा बिहीबार साँझ साढे ६ बजेतिर करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा बेन्शीशाहर नगरपालिका ८ का ३७ वर्षिय विनोदकुमार श्रेष्ठ र नुवाकोटको ककनी गाउ“पालिका ९ घर भई हाल बेंसीसहर नगरपालिका ८ का ३० को प्रकाश गोतामेलाई पक्राउ गरिएकामा उनीहरुलाई जनही एक-एक हजार रुपैया“ जरिवाना तिराएको प्रहरीले जनाएको छ ।
लमजुङमा केही समययता करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दो देखिएको स्थानीयले बताएका छन् ।

दोर्दी खोलामा केही महिनाअघि करेन्ट लगाएर माछा मार्नेहरुलाई कारबाही गरिएको छ । दोर्दीको किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गत जेठ ५ गते राती करेन्ट लागेर दोर्दी गाउँपालिका ४ जितौरेका २६ वर्षिय विकास गुरुङको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार