फेवातालमा पौडी खेल्ने क्रममा डुबेर २५ वर्षीय युवाको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर २५ वर्षीय युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ असार २०८१
  • 27.4K
    Shares

पोखरा, ८ असार २०८१/

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका २, नौडाँडा घर भइ हाल पोखरा ६ लेकसाइडको क्वीन पार्कमा कार्यरत अन्दाजी २५ वर्षीय सञ्जय भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, दिउँसो करिब ५ बजे उनी तालमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो । उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।

उनी अन्य चार जना साथीहरुसँग मिलेर पौडी खेल्न गएकामा अन्य सकुशल छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार