प्राइम सहकारी ठगी प्रकरण : फरार २६ मध्ये तीन जना पोखराबाट पक्राउ

प्राइम सहकारी ठगी प्रकरण : फरार २६ मध्ये तीन जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ असार २०८१
  • 6.9K
    Shares

प्राइम सहकारी ठगी प्रकरणमा समातिएका ५५ की धन कुमारी गुरुङ, वर्ष ४७ की सिता कुमारी गुरुङ र वर्ष ४७ का जीवन सार्की

पोखरा, ८ असार २०८१/

प्राइम सहकारी ठगी प्रकरणका मुख्य योजनाकारसहित सात जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षमा रहने गरी जेल चलान गरेको भोलि पल्ट सोही प्रकरणमा संलग्न रही फरार रहेका तीन जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

उक्त प्रकरणमा समग्न भन्दै अदालतले पक्राउ पुर्जी जारी गरेका २६ जना मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पोखराको गैह्रापाटन स्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका पर्वतको मोदी गाउपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ५५ की धन कुमारी गुरुङ, पर्वतको मोदी १ स्थायी घर भै हाल हाल पोखरा ८ बस्ने वर्ष ४७ की सिता कुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्कीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले बिहिबार पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुलाई अदालतको फैसला बमोजिमको सजायं भोग्नका लागि कास्की जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार