हिमाल पारिको जिल्ला मुस्ताङस्थित कालिगण्डकी नदीमा हाम फालेका मजदुर बेपत्ता

हिमाल पारिको जिल्ला मुस्ताङस्थित कालिगण्डकी नदीमा हाम फालेका मजदुर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असार २०८१
  • 5.3K
    Shares

पोखरा, ६ असार २०८१/

हिमाल पारीको जिल्ला मुस्ताङस्थित कालिगण्डकी नदीमा हाम फालेका एक मजदुर उक्त नदीमा बेपत्ता भएका छन्।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका—५ दाङसखा घर भई मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेमा ज्याला मजदुरी काम गर्दैआईरहेका २२ वर्षीय रिसन पुनले बुधबार राती कालिगण्डकीमा हाम फालेकोमा बेपत्ता रहेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका—२ स्थित मार्फा खोला नजिक घुम्ती सडकबाट कालिगण्डकी नदीमा बुधबार करिव ९ बजे मजदुर रिसन पुन हाम फालेका र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी भोजराज पाण्डेयले जानकारी दिए।

बिहिबार बिहान नदीमा हामफालेर युवा बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालयलाई स्थानीयले सूचना दिएपछि कालिगण्डकी नदीमा बेपत्ता युवाको आज बिहानैदेखी नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीबाट खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मनसुन शुर भएसंगै कालिगण्डकी नदीको सतह ठुलो भईसकेकाले बेपत्ता युवा फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे । उनका अनुसार नदीमा हामफाली बेपत्ता भएका युवाले के कति कारणले घटना घटेको हो भन्ने बिषयमा खुल्न सकेको छैन । घटना बारे अनुसन्धान भईरहेको र थप अनुसन्धान खोजतलास भईरहेको प्रहरीले उल्लेख गरेको छ ।

अहिले जिल्लाका ३ वटै सुरक्षा निकायको टोलीले बेपत्ता युवाको खोजीकार्यलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार