पोखराबाट अत्याधुनिक बन्दुक र ठुलो मात्रामा गोली तथा बारुदसहित जित बहादुर पक्राउ

पोखराबाट अत्याधुनिक बन्दुक र ठुलो मात्रामा गोली तथा बारुदसहित जित बहादुर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असार २०८१
  • 17.4K
    Shares

अत्याधुनिक एयर गन र ठुलो मात्रामा गोलीसहित पोखराबाट पक्राउ परेका जितबहादुर गुरुङ

पोखरा, ६ असार २०८१/

पोखराबाट अत्याधुनिक बन्दुक र त्यसमा लाग्ने ठुलो मात्रामा गोलीसहित एक जना युवा पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.७ धम्पुस स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२५ सापकोटा चोक बस्ने वर्ष ५३ को जित बहादुर गुरुङलाई अत्याधुनिक बन्दुक एयर गन र त्यसमा लाग्ने ठुलो मात्रामा गोलीसहित पक्राउ गरेको हो।

अबैध रुपमा हातहतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा बुधबार वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले जितबहादुर गुरुङको घरकोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध CORBA MOD-35 (CORBA SPORTS AIR GUN) नाम उल्लेख भएको राईफल एक थान, सोही हतियारमा लाग्ने गोली राउण्ड चार थान, SPECIAL 05mm 30 gram नाम उल्लेख भएको प्रयोग नभएको राउण्ड ३४ थान, SHAKTIIMAN EXPRESS HIGH VELOCITY 70 mm नाम उल्लेख भएको प्रयोग नभएको राउण्ड १६ थान, नाम उल्लेख नभएको सानो राउन्ड चार थान, छर्रा बनाउन प्रयोग गरिने सिलिन्डर आकार भएको कडा वस्तु एकसय ४२ थान, छर्रा बनाउन प्रयोग गरिने स-सानो गोलाकारको कडा वस्तु रहेको दुईसय ९० ग्राम, बारुद एकसय १४ ग्राम, Master Shot Air Rifle pellets नाम उल्लेख भएको कच्चा पदार्थ ६ प्याकेट, Magna shot Air Rifle Pellets नाम उल्लेख भएको कच्चा पदार्थ १ प्याकेट समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
।

प्रतिक्रिया
सम्बन्धित समाचार