प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरण : बाँकेबाट एक युवा पक्राउ

प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरण : बाँकेबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ असार २०८१
  • 5K
    Shares

पोखरा, ५ असार २०८१/

प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा संलग्न ठानिएका एक जना युवा बाँकेबाट पक्राउ परेका छन्। महिला प्रहरी जवान करिश्मा सुनारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीले दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका – २ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको खजुरा गाउँपालिका – ४ घर भएकी महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार जिल्ला प्रहरी कार्यालय सिराहाको महिला , बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा गत जेठ ३१ गते मृत भेटिएकी थिइन्। उनले आत्महत्या गरेको ठानिएको छ। सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको थापा मगरलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार