अवैध हतियार रिभल्वर सहित सल्यानबाट एक जना पक्राउ

अवैध हतियार रिभल्वर सहित सल्यानबाट एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ जेष्ठ २०८१
  • 3.3K
    Shares

पोखरा, २७ जेठ २०८१/

सल्यानमा अवैध हतियार (रिभल्वर) सहित एक जना पक्राउ परेका छन् । शनिबार साँझ जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका ४५ वर्षीय दीपक बहादुर चलाउने अवैध हतियार रिभल्वर सहित पक्राउ परेका हुन ।

चलाउनेको घर नजिकै रहेको पोखरा सामुदायिक वनको ढुंगामुनी लुकाई राखेको अवस्था हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । वनमा हतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उक्त हतियार फेला परेको उहाँको भनाई छ । रिभल्वरमा खिया लागेका कारण कम्पनीको नाम र मोडेल खुल्न नसकेको धमलाको भनाई छ ।

चलाउनेलाई सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार