पोखरा, २७ जेठ २०८१/
अवैध रुपमा चिरुवा काठ फल्याक पोखरातिर ल्याउदै गरेको एउटा ट्रकलाई प्रहरीले पोखरामा समातेको छ। पोखराको याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रकलाई अवैध रुपमा चिरुवा काठ फल्याक पोखरातिर ल्याउदै गरेको अवस्थामा समातिएको प्रहरीले जानकारी दिएको छ।
उक्त ट्रकलाई शनिबार बिहान बिहान अन्दाजी ६ बजे पोखरा महानगरपालिका वडा नं.०१ जौबारी स्थित पोखरा बाग्लुङ सडक खण्डमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा समातेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उक्त ट्रकबाट प्रयोजन खुल्ने कागजात साथमा नभएको चिरुवा काठ फल्याकभएको बताए पनि के कति परिमाणमा चिरुवा काठ बरामद भएको हो भन्ने बारेमा प्रहरीले विवरण खुलाएको छैन। तर आबश्यक अनुसन्धानका लागि भन्दै उक्त ट्रकलाई डिभिजन वन कार्यालय बगर कास्कीमा पठाईएको प्रहरिले जनाएको छ।