महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो तथा तस्बिर राखी बेइज्जत गर्ने गोरखाका युवा जेल चलान

महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो तथा तस्बिर राखी बेइज्जत गर्ने गोरखाका युवा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ जेष्ठ २०८१
  • 8.4K
    Shares

पोखरा, २3 जेठ २०८१/

महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो तथा तस्बिर राखी बेइज्जत गरेको आरोप लागेका गोरखाका एक युवा जेल चलान भएका छन्।

महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो तथा तस्बिर राखी बेइज्जत गरेको आरोपमा पक्राउ परेका गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ को बारपाक निवासी मनध्वज भन्ने अविनास घले गोरखा जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।

घलेले ‘आ कुमारी’ नाम परिवर्तनकी २३ बर्षिया महिलाको फेक फेसबुक अकाउन्ट बनाएर अश्लिल भिडियो र तस्बिर राखी बेईज्ज गरेको भन्दै गोरखा प्रहरीले पक्राउ गरी मुद्वा चलाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

पिडित मार्फत किटानी जाहेरी परे लगत्तै गोरखा प्रहरीले घलेलाई बैशाख २८ गते पक्राउ गरी ३० गते बिद्युतीय कारोबार ऐन, २०६३ अन्तरर्गत मुद्वा दर्ता गराएको थियो ।

प्रहरीले लामो अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयको राय सहित जेठ २२ गते मंगलबार गोरखा जिल्ला अदालत पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार