पोखरा, २२ जेठ २०८१/
अर्घाखांचीमा श्रीमानको हत्या आरोपमा एक जना महिला पक्राउ परेकी छिन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ६ जगताका स्थानीय ५४ बर्षिय भिम बहादुर खत्री क्षेत्री सोमबार चोटपटक लागेको अवस्थामा मृत भेटिए पछि उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, भिम बहादुर खत्री क्षेत्रीको टाउको र हातमा धारिलो हतियारले काटेको घाउचोट छ। घटनाको प्रकृति हेर्दा हत्या भएको आसङ्का रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शब् पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको प्रहरीले जनाएको छ ।