मोटरसाइकल चोरेर घिसार्दै गर्दा पोखराबाट एक युवा समातिए

मोटरसाइकल चोरेर घिसार्दै गर्दा पोखराबाट एक युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ जेष्ठ २०८१
  • 17.2K
    Shares

पोखरा, २१ जेठ २०८१/

मोटरसाइकल चोरेर घिसार्दै गरेको अवस्थामा पोखराबाट एक जना युवा समातिएका छन्। पोखरा १४ चाउथेस्थित सितलटोलमा पार्किङ गरिएको ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेर घिसार्दै गरेको अवस्थामा पोखराबाट आइतबार एक जना युवा समातिएका हुन्।

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल चोरी गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सुबाश तामाङलाई पक्राउ गरेको प्रहारीले जानकारी दिएको छ।

अभियुक्त तामाङबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार