पोखरा, २० जेठ २०८१/
भारतमा बिभत्स तरीकाले हत्या गरिएका एक जना बंगलादेशी सांसदको हत्यामा संलग्न रहेको आरोप लागेका एक जना त्रिभुवन अन्तरराष्ट्रिय बिमास्न्थलबाट पक्राउ परेको खबरहरु आइरहेका छन्।
बंगलादेशी सांसद् अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको ठानिएका मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशी नागरिकलाई बिहीबार नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो। ५६ वर्षीय अन्वारुल अजिम अनार सत्तारुढ अवामी लिग पार्टीका सदस्य र बंगलादेश संसदका सदस्य थिए।
बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेन त्रिभुवन अन्तरराष्ट्रिय बिमास्न्थलबाट पक्राउ परेका खबरहरु सार्वजनिक भैरहंदा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक आइजी बसन्तबहादुर कुँवरले यस बारे अनबिज्ञता प्रकट गरेका छन्। उनले यस बारेमा आफुलाई थाहा नभएको बताएको समाचारस्रोतहरुले बताएका छन्।
उपचारका क्रममा भारतको कलकत्ता आएका बंगलादेशी सांसद् अनवरुल अजिम अनारको ११ दिन अघि मे ११ मा बिभत्स तरीकाले हत्या गरिएको थियो। उनको शब् टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुएल समाचारहरु प्रशारण गरिरहेका छन्।
उनको हत्यामा संलग्न ठानिएका केहीलाई प्रहरीले भारतमै पक्राउ गरिसकेको छ भने केही सन्दिग्ध व्यक्ति फरार रहेको भारतस्थित संचार माध्यमहरुले जनाएका छन्। उक्त हत्यामा संलग्न ठानिएका बंगलादेशका तीन र कोलकाताका एक जना पक्राउ परेको भारतीय समाचार संस्थाहरुले जनाएका छन्।
अन्य चार आरोपी शाहीन, सियाम, फैजल र मुस्ताफिजुर अझै बेपत्ता रहेको जनाइएकोमा मोहम्मद सियाम हुसेनलाई भने नेपालबाट पक्राउ गरिएको छ।