फेसबुकका महिला साथीहरुसंग यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने म्याग्दीका युवा काठमाण्डौबाट पक्राउ

फेसबुकका महिला साथीहरुसंग यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने म्याग्दीका युवा काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ जेष्ठ २०८१
  • 43.9K
    Shares

पोखरा, १९ जेठ २०८१/

सामाजिक सञ्जाल फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने म्याग्दीका एक युवा काठमाण्डौबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले म्याग्दी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्दै ३० वर्षीय सन्तोष किसानलाई फेबुक्मा साथि बनेका साथीहरुसंग शारीरिक सम्पर्क गर्ने र त्यसको भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा सोमबार काठमाण्डौको कोटेश्वरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी सबैभन्दा पहिले महिलाहरूसँग सामाजिक सञ्जालमा जोडिन्थे । त्यसपछि कुरा गर्दै नजिक हुन्थे अनि आफूलाई भेट्ने प्रस्ताव राख्थे । भेट्न आएका महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर शारीरिक सम्बन्धका लागि राजी बनाउँथे । त्यसपछि उक्त क्रियाकलापको फोटो र भिडिओ खिच्थे ।

कार्यालयका अनुसार आरोपी किसान त्यही अश्लील फोटो र भिडिओ आफन्तलाई पठाइदिने वा सामाजिक सञ्जालमा राखेर भाइरल गरिदिने भन्दै ब्ल्याकमेल गर्थे । फोटो र भिडिओ सार्वजनिक नगर्नका लागि रकम पठाउन वा पुनः शारीरिक सम्बन्धका लागि दवाव दिन्थे । यसरी सामाजिक सञ्जालमार्फत जोडिएर आपराधिक लाभ लिन खोजेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार