पोखरा, १८ जेठ २०८१/
मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बस आज बिहान पौने तीन बजे नालीमा खसेर दुर्घटनाग्रस्त हुँदा २० जना यात्री घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका २० जना मध्ये ११ जनाको स्थानीय अस्पताल र नौजनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो । बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।