१५ वर्षीया किशोरी वलात्कार गर्ने १७ वर्षीय किशोरलाई आठ वर्ष कैद

१५ वर्षीया किशोरी वलात्कार गर्ने १७ वर्षीय किशोरलाई आठ वर्ष कैद


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 3.7K
    Shares

पोखरा, १८ जेठ २०८१/

१५ वर्षीया किशोरीलाई वलात्कार गर्ने १७ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले राजविराज नगरपालिका १ पडरियाका ती १७ वर्षीय किशोरलाई वलात्कार कसुरमा दोषी ठहर गर्दै आठ वर्ष कैद सजायको फैसला गरेको हो । सोही इजलाशले किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवाना हुने पनि फैसला सुनाएको छ।

विद्यालय पढ्न गएकी ती १५ वर्षिया किशोरीलाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो।

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार