सिन्धुली बस दुर्घटना अपडेट : तालिम सकिएर फर्कदै गरेका ग्लोबल आईएमई बैंकका २५ जना कर्मचारी घाइते

सिन्धुली बस दुर्घटना अपडेट : तालिम सकिएर फर्कदै गरेका ग्लोबल आईएमई बैंकका २५ जना कर्मचारी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 3.5K
    Shares

पोखरा, १८ जेठ २०८१/

बिहिबार सिन्धुलीमा भएको पर्यटक बस दुर्घटनामा ग्लोबल आईएमई बैंकका २५ जना कर्मचारी घाइते भएका छन्।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा भएको बाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस दुर्घटनामा परेर उक्त बैंकका २५ जना कर्मचारी घाइते भएका हुन्। ती कर्मचारीहरु बर्दिवासमा आयोजित तालिममा सहभागी भएर फर्किँदै थिए ।

बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बस सडकबाट ३० मिटर खसेको थियो र बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।

बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार