जनकपुर घुम्न गएका बर्दिबासका तीन जना बालिका तीन दिनदेखि बेपत्ता

जनकपुर घुम्न गएका बर्दिबासका तीन जना बालिका तीन दिनदेखि बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 5.7K
    Shares

पोखरा, १७ जेठ २०८१/

महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न गएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्।

बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबारदेखि घर नफर्किएका अभिभावकले बताएका छन्। बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३-१३ वर्षका छन्। उनीहरु बर्दिबासमै रहेको देउराली मावि र ग्लोवल एकेडेमीमा अध्ययनरत रहेका आफन्तले बताएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे। ‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका तीनजना बालिका घर नफर्किएका भनेर अभिभावकले हामीलाई जानकारी गराउनु भएको छ,’ डीएसपी पोखरेलले भने, ‘हामी उनीहरुको खोजी र घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

बर्दिबास नगरपालिका- १ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार