पोखरा, १७ जेठ २०८१/
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु छ भने अन्य दुईजना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खस्न गइ तीनजनाको मृत्यु हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, उक्त दुर्घटनामा परेर मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनको तीन महिने छोरी अर्जिताको मृत्यु भएको छ भने मृतक अर्काको सनाखत हुन बाँकी छ ।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।