सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पोखरामा एक जना युवाको मृत्यु भएको छ। बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल फिर्केपुल नजिक सडकको बीच भागमा राखेइको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा एक युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर बागलुङका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।