ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरिए, प्रहरी हवल्दारसहित दुई जना घाइते

ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरिए, प्रहरी हवल्दारसहित दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 5.8K
    Shares

ललितपुरको भट्टेडाँडामा पहिरो

पोखरा, १५ जेठ २०८१/

ललितपुरको भट्टेडाँडाको खरिबासमा पहिरो जाँदा एउटा ट्रयाक्टर र मोटरसाइकल पुरिएका छन् भने मोटरसाइकलमा सवार एक जना प्रहरी जवान सहित दुई जना अघाइते भएका छन्। उक्त पहिरोमा परेर स १ च ७३१८ नम्बरको ट्रयाक्टर र प्रदेश २–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पुरिएका प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा मोटरसाइकलमा पुरिंदा उक्त मोटरसाइकलमा सवार पर्सा जिल्लामा कार्यरत प्रहरी हवल्दार मिया मन्सुरी र मोटरसाइकलको पछाडी सवार व्यक्ति घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनीहरुको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको पनि एसपी सुवेदीले बताए।

पहिरोले भट्टेडाँडाको खरिबासमा अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार