चितवनको राष्ट्रिय मावि बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष थारु बिद्यालय परिसरबाटै पक्राउ

चितवनको राष्ट्रिय मावि बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष थारु बिद्यालय परिसरबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ जेष्ठ २०८१
  • 5.6K
    Shares

पोखरा, १४ जेठ २०८१/

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश भनिने विश्वनाथ थारुलाई प्रहरीले बिद्यालयबाटै पक्राउ गरेको छ।

भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको स्मल हेभन स्कुलको बागममती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ । उक्त आगलागीमा बस पूर्ण रुपमा जलेको थियो ।

शुक्रबार पक्राउ परेका थारु विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर-२६ ज्योतिनगरस्थित सुर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

अभियुक्त थारुबिरुद्ध गत माघ २८ गते दिउसो तीन बजे भरतपुर २६ ज्योतिनगर स्थित सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा पेत्रिल बम हानेर आगजनी गरेको आरोप पनि रहेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार