पोखरा, १४ जेठ २०८१/
नेपाली चलचित्र ” पुजार सार्की ” हेर्न जापानमा दर्शकहरुको थामी नसक्नुको घुइँचो देखिएको छ। १५०० सिट क्षमता भएको स्थानीय हलमा टिकट नपाएर थुप्रै दर्शक फर्किएको दृश्य देखिएको ‘पुजार सार्की’ निर्माता पक्षले जापानबाट जानकारी दिएको छ।
आइतबार भएको प्रथम प्रदर्शनमा चलचित्रको प्रमुख पात्र “पुजार सार्की”को भूमिकामा रहेका अभिनेता पल शाह पनि सहभागी थिए। उक्त प्रदर्शनमा हाउसफुलको जानकारी दिइएको थियो। प्रवासमा यति धेरै दर्शकले एकसाथ नेपाली फिल्म हेरेको यो पहिलो पटक भएको दाबी गरिएको छ |
यस अघि चलचित्र पुजार सार्की प्रदर्शनका लागि जापान पुगेका अभिनेता पल शाहलाई त्यहाँस्थित नेपालीहरुले भब्य स्वागत गरेका थिए।
यसबीच अभिनेता पल शाहले सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै,”सपनाको पछि लागेर, सम्झनाहरु बनाउदै !!

लगाउदै
” भनेका छन्।
<iframe src=”https://www.facebook.com/plugins/video.php?height=316&href=https%3A%2F%2Fwww.facebook.com%2Fjanasanchar55%2Fvideos%2F375575878820914%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”316″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>