तनहुँमा भारतीय कार दुर्घटना : पांच जना भारतीय घाइते

तनहुँमा भारतीय कार दुर्घटना : पांच जना भारतीय घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ जेष्ठ २०८१
  • 10.3K
    Shares

पोखरा, १३ जेठ २०८१/

तनहुँमा भारतीय कार दुर्घटना हुँदा चालकसहित पांच जना घाइते भएका छन् । आबुखैरेनीबाट दमौलीतर्फ आउंदै गरेको भारतीय बीआर ०६ डीएच ८२८१ नम्बरको कार आबुखैरेनी गाउंपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्ग खण्डमा दुर्घटनाग्रस्त हुँदा पांच जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर भारतको बिहार मजसापुर बस्ने २३ वर्षीय सचेन्द्रकुमार, २३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमार र २४ वर्षीय राज कुमार घाइते भएकामा राज कुमार उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य घाइतेहरूको आबुखैरेनी अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उक्त कार कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार