पोखरा, १३ जेठ २०८१/
पोखराको एक घरबाट करीब ७० लाख रुपियाँ बराबरको सुनचाँदीका गरगहना एबम नगद समेत चोरी भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट करीब ७० लाख रुपियाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको हो ।
प्रहरीका अनुसार, उक्त घरबाट घरधनी शर्माको ३४ तोला ५५ लाल र नगद तीन लाख ७५ हजार रुपैयाँ तथा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना दुई तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घरधनी लक्ष्मीकान्त शर्मा बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएको बेला उक्त परिमाणमा चोरी भएको बताइएको छ। घरधनी शर्माले आफू शनिबार गाउँबाट फर्किएर ताला खोल्ने क्रममा घरमा चोरी भएको थाहा भएको जनाकारी प्रहरीलाई दिएका छन्।
उक्त चोरी सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।