अबैध तरीकाले मर्दिखोलाबाट पोखरातिर बालुवा ल्याउँदै गरेको ट्रिपर प्रहरीको नियन्त्रणमा

अबैध तरीकाले मर्दिखोलाबाट पोखरातिर बालुवा ल्याउँदै गरेको ट्रिपर प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ जेष्ठ २०८१
  • 5.2K
    Shares

अबैध रुपमा नदीजन्य सामाग्री ब्प्केको ट्रिपर

पोखरा, १३ जेठ २०८१/

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले एउटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान सात बजे कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्दै गरेको अवस्थामा पोखरा महानगपालिका वडा नं.१९ अकला मन्दिर स्थित सडक खण्डबाट ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो।

अकला मन्दिरस्थित सडकमा उक्त ट्रिपर रोकेर चेकजांच गर्दा लोड भएको बालुवा अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले उक्त बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार