पोखरा, १२ जेठ २०८१/
बाख्राले बाली खाएको भन्दै भोजपुरमा एक व्यक्तिले बन्दुक प्रहार गरी आफ्नै छिमेकीको हत्या गरेका छन्।
जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ को नागीमा आफ्नो बाली खाएको भन्दै स्थानिय ६५ वर्षीय मणीप्रसाद राईले आफ्नै छिमेकी ६३ वर्षीय राजकुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेका हुन्।
शुक्रबार भएको घटनामा राजकुमारको घटना स्थलमा नै ज्यान गएको पनि प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै प्रहरीले मणीप्रसाद राईलाई शुक्रबार साँझ नै पक्राउ गरेको छ ।
मणीलाई इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीको टोलीले बन्दुकसहित पक्राउ गरेको हो ।