फेवातालमा एकाबिहानै ट्याक्सी ड्राइभर मृत भेटिए

फेवातालमा एकाबिहानै ट्याक्सी ड्राइभर मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ जेष्ठ २०८१
  • 169.3K
    Shares

पोखरा, १२ जेठ २०८१/

पर्यटकीय महानगरी पोखराको गहना फेवातालमा आज एकाबिहानै एउटा शब तैरिरहेको अवस्थामा भेटिएको छ। फेवाताल कोप्चेघाटमा आज बिहान करीब छ बजेको समयमा एउटा शव तैरिरहेको अवस्थामा भेटिएको हो ।

उक्त शव पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्बर ८ घर भई हाल पोखरा ६ लेकसाईड क्षेत्रमा ट्याक्सि चलाई बस्ने बर्ष ५८ को नेत्र बहादुर क्षेत्रीको रहेको प्रहरीले जानकारी दिएको छ |

तालमा मानिसको शव तैरिरहेको भन्ने सुचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरिक्षक ज्ञानेन्द बहादुर क्षेत्रि को कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको हो | शवलाई प्रहरीले मुचुल्का गरेर पोस्ट्मार्टमको लागि गण्डकी अस्पताल पठाएको प्रहारीले जानकारी दिएको छ |

प्रतिक्रिया
सम्बन्धित समाचार