पोखरा, १० जेठ २०८१/
श्रीमानको लागि औषधि किन्न मेडिकल जाँदै गरेकी एक महिलालाई मोटरसाइकलले ठक्कर दिंदा बुधबार साँझ मृत्यु भएको छ।
दमका रोगी श्रीमानका लागि औषधि किन्न मेदिकल्तिर जाँदै गरेकी देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी घर भै हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकि रेश्मी केसीको मोटरसाइकलले ठक्कर दिंदा मृत्यु भएको हो ।
उनलाई रा ६ प ६१४१ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएकि केसीलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उनको शबलाई पोस्टमार्टमको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा राखिएको छ भने मोटरसाइकल चालक शेर बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।